अमेरिकी लेफ्टिनेन्ट नेपाल आइपुग्याे

11

काठमाडौं । अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल जोयल बी भोवेल नेपाल आएका छन् । पूर्वनिर्धारित कार्यक्रम अन्तर्गत भोवेल नेपाल आएको नेपाली सेनाका प्रवक्ता (सहायकरथी) राजाराम बस्नेतले जानकारी गराए ।

भुटान हुँदै ड्रुक एयरको उडान मार्फत काठमाडौं आइपुगेका भोवेल ३ दिनसम्म नेपालमा बस्नेछन् । उनले प्रधान सेनापति सहित उच्च पदस्थ अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेकाे छ ।

अमेरिकी लेफ्टीनेन्ट जनरल पाँचखाल स्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमणमा पनि सहभागी हुने कार्यक्रम रहेको सहायकरथी बस्नेतले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here