काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ । दुबईका अधिकारीहरूले यात्रु र कर्मचारीको सुरक्षा सुनिश्चितताका लागि सावधानी स्वरूप उडानहरू स्थगित गरिएको बताएका छन् ।
यसअघि अधिकारीहरूले विमानस्थल नजिकै लागेको आयो नियन्त्रणका लागि प्रयास जारी रहेको बताएका थिए । दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणबाट विमानस्थल नजिकै रहेको इन्धन ट्याङ्कीमा आगलागी भएको थियो ।
सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको यूएईमाथि यस्ता आक्रमणको असर सबैभन्दा बढी परेको जनाइएको छ । यद्यपि खाडीका अन्य अरब मुलुकहरू पनि यसबाट प्रभावित भएका छन् । र, ती सबैले इरानको आलोचना गरेका छन् ।


















