काठमाडौं । धादिङ, गजुरी गाउँपालिका-६ बन्छेटारस्थित सडकमा बिग्रिएर रोकी राखेको ना.६ ख ३१०६ नम्बरको ट्रकमा बा.७२ प ६९४८ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक गल्छी गाउँपालिका-२ भुतिया बस्ने ५६ वर्षीय खड्ग प्रसाद खतिवडाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, धनौजी गाउँपालिका-३ कटैया चोकस्थित सडकमा प्रदेश २-०२-००१ प १४९६ नम्बरको मोटरसाइकल र ज.९ प ६९६७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा ज.९ प ६९६७ नम्बरको मोटरसाइकल चालक धनौजी गाउँपालिका-४ बस्ने २५ वर्षीय अंकित कुमार मण्डलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका सोही मोटरसाइकलमा सवार १ जना र प्रदेश २-०२-००१ प १४९६ नम्बरको मोटरसाइकल चालकलाई थप उपचारको क्रमको लागि न्यूरो अस्पताल जनकपुरतर्फ रिफर गरिएको छ ।
महोत्तरी, औरही नगरपालिका-३ श्रीपुरटोलस्थित सडकमा ज.४ प ४६६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ श्रीपुर बस्ने ३० वर्षीय रंजीत साहको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी एकेडेमी अस्पताल पर्सामा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, राप्तीसोनारी गाउँपालिका-६ डाँडाटपरीस्थित सडकमा कुण्डाचोकबाट बैजापुरतर्फ जाँदै गरेको भे.२ प ८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ चिनावास बस्ने ३५ वर्षीय हरी राम थारूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी मेडिकल कलेज अफ साईन्सेज प्रालि नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रूपन्देही, रोहिणी गाउँपालिका-३ लक्ष्मीनगरस्थित सडकमा लु. ७३ प २१२० नम्बरको मोटरसाइकल र मधेश प्रदेश ०३-००२ ख ३३६१ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ कडदमहवा बस्ने २१ वर्षीय आशिष यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२२ स्थित सडकमा बा.प्र.०१-००६ ख ९९७७ नम्बरको बसले प्र.३-०२-०१३ प ३०२१ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिँदा मोटरसाइकल चालक गोरखा बस्ने अन्दाजी ३५ वर्षीय राम कुमार कोइरालाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जा, गल्याङ नगरपालिका-९ साङलियास्थित सडकमा चापाकोटबाट गल्याङतर्फ आउँदै गरेको ग.१८ प ११०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार बेलुकी दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ५४ वर्षीय ज्योतिलाल खनालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वस्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















