काठमाडौं । नेपाली स्मार्टफोन बजारमा चिनियाँ ब्राण्ड भिभोले आफ्नो नयाँ बजेट स्मार्टफोन भिभो वाई०५ सार्वजनिक गरेको छ। काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको यस फोनले विशेष गरी ब्याट्री क्षमता र टिकाउपनमा नयाँ मानक स्थापित गर्ने दाबी गरिएको छ।
कम्पनीका अनुसार यो ब्याट्री ५ वर्षसम्म पूर्ण रूपमा स्वस्थ रहने गरी डिजाइन गरिएको छ, जसले गर्दा प्रयोगकर्ताले लामो समयसम्म ब्याट्री फेर्नुपर्ने वा कार्यक्षमता घट्ने चिन्ता लिनुपर्ने छैन। दिनभर गेम खेल्ने, भिडियो हेर्ने वा सामाजिक सञ्जालमा सक्रिय रहनेहरूका लागि यो ब्याट्री निकै उपयोगी हुने देखिएको छ।
डिस्प्लेको कुरा गर्दा यसमा १२० हर्जको रिफ्रेस रेटसहितको स्मूथ स्क्रिन छ, जसले चलाउँदा निकै सहज अनुभव दिन्छ। चर्को घाममा पनि स्क्रिन स्पष्ट देखियोस् भन्नका लागि यसमा १२०० निट्सको पिक ब्राइटनेस राखिएको छ भने अडियो अनुभवलाई सशक्त बनाउन २०० प्रतिशतसम्म भोल्युम बढाउन मिल्ने ‘बूस्ट’ फिचर थपिएको छ।
ओरिजिन ओएस ६ मा आधारित यो फोनले सस्तो मूल्यमा प्रिमियम अनुभव खोज्ने नेपाली ग्राहकको मन जित्ने अपेक्षा गरिएको छ।

















