काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दिपक प्रसाद देवकोटा तथा सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मङ्गलबार (चैत १० गते) लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार सामुहिक भेट गरेका छन् ।
भेटका क्रममा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदान पश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्वपूर्ण छलफल भएको थियो ।


















