जेन–जी आन्दोलनको प्रतिवेदनबारे धारणा बनाउने

18

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीले भदौ जेन–जी आन्दोलनको प्रतिवेदनबारे आजै बस्ने केन्द्रीय समिति बैठकले धारणा बनाउने भएको छ ।

रास्वपा सांसद एवं पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले प्रतिवेदनका विषयमा केन्द्रीय समितिले धारणा बनाउने जनाएकी हुन् । ‘जेन–जी प्रतिवेदनसहित धेरै विषयमा मिडियाका प्रश्न छन् । हाम्रो केन्द्रीय समितिको बैठक आजै बस्दै छ । बैठकबाट हामी धारणा सार्वजनिक गर्छौ,’ रावलले भनिन् ।

सांसद रावलले खुसी र उत्सवभन्दा जिम्मेवारी बढी भएको जनाएकी छन् । २१ फागुनको निर्वाचनमा विजयी सांसदहरूको शपथमा सिंहदबार पुगेकी रावलले रास्वपा यसपटक जिम्मेवार भएर अगाडि बढ्ने जनाइन् ।

‘यसपटक हामीलाई खुसी र उत्सव मनाउनेभन्दा ठूलो जिम्मेवारी छ । हाम्रो वाचापत्र पनि त्यहीअनुसारका छन्,’ संसद भवन परिसर सिंहदबारमा संक्षिप्त प्रतिक्रिया दिने क्रममा उनले भनिन् ।​​​​​​

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here