काठमाडौं । सबै विध्यार्थीकाे लागि कखरा सिकाएर ज्ञान ज्याेति दिने कृष्ण सर सदाका लागि अस्ताएका छन् ।
कीर्तिपुर नगर क्षेत्रमा कृष्ण सर नामले चर्चित शिक्षककाे ८६ बर्षकाे उमेरमा चैत्र ९ गते अस्ताएका हुन ।
शैक्षिक क्षेत्र लगायत साहित्यिक क्षेत्रमा समेत विशेष योग्दान दिनु भएको बिसं १९९६ मा कीर्तिपुर वडा नं. १० भरियापुखू जन्मिनु भएका भएका कृष्ण सरकाे पूरा नाम कृष्ण बहादुर महर्जन थियाे ।
चार दशक भन्दाबढी लामाे समय शिक्षण पेेशा जीवन आफ्नाे जीवन विताएका कृृष्ण सरकाे अशामायिक निधनले कार्तिपुरको शिक्षाप्रेमीहरु, उनका शिष्यहरु लगायत परिवारजनमा अहिले शाेक छाएकाे छ।
उहाँको निधनप्रति कीर्तिपुरका भुतपुर्व मेयर रमेश महर्जन, प्रा. डा चन्द्रमान बज्राचार्य, कलाकार कम्लेश महर्जनले समेत श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
कीर्तिपुरकाे शैक्षिक अन्वयव्यमा अतुलनीय योगदान दिएका कृष्ण सरकाे एक महिना अगाडि मात्रै छाेरा समेत यस संसारबाट बिदा भएका थिए ।


















