काठमाडाैं । भाद्र २३ र २४ गतेको प्रदर्शनको क्रममा आपराधिक क्रियाकलापमा संलग्न रहेकाे आराेपमा २ जना पक्राउ परेका छन् ।
हाल कारागार कार्यालय काठमाडौं सुन्धारामा पुर्पक्षको लागि थुनामा रहेका ३ जना प्रतिवादीहरूलाई थुनामा रहँदाका बखत जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार स्थित हलेसी महादेव मार्ग भित्र बस्ने वर्ष ४५ को हरि बहादुर थापा मगरले सर्वोच्च अदालतमा आफ्नो चिनजानको न्यायाधीशलाई भनसुन गरी निजहरूलाई धरौटीमा छुटाई दिन्छु, धरौटी बापतको रकम दिनु पर्छ भनी आश्वासन दिई धरौटी बापतको रकम र वकिललाई बहस खर्च भनी निजको श्रीमती मिठु मगर (अनिता थापा मगर) को खातामा रु.९,००,०००।- (अक्षरेपि नौ लाख) रुपैयाँ जम्मा गर्न लगाइ ठगी गर्ने निम्न २ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।
जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका मण्डिखाटार स्थित हलेसी महादेव मार्ग भित्र बस्ने वर्ष ४५ को हरि बहादुर थापा मगर, २. ऐ. घर भइ ऐ. बस्ने वर्ष ३७ की मिठु मगर भन्ने अनिता थापा मगर पक्राउ परेका थिए ।


















