काठमाडौं । नापी विभागले मातहतका कार्यालयमा पत्रचार गरेर बिचौलियालाई प्रवेश निषेध गर्न निर्देशन दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी विभागलाई पत्राचार गरेपछि देशभरका कार्यालयलाई परिपत्र गरिएको हो ।
सेवा प्रवाहलाई प्रभावकारी र गुनासो रहित बनाउन कार्यालयमा अनधिकृत व्यक्तिहरू (बिचौलिया) लाई प्रवेश निषेध गर्न परिचय खुल्ने कागजात हेरेर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था मिलाउन परिपत्र गरिएको छ ।
मन्त्रालयको निर्देशन कडाइका साथ कार्यान्वयन गर्न, कर्मचारीहरूले अनिवार्य रुपमा परिचयपत्र लगाउन, परिचय खुलेको कागजात देखाएर मात्र कार्यालयमा प्रवेश गर्न, कार्यालयमा अनावश्यक भिडभाड हुन नदिन निवेदन, कागजात देखाएर मात्र कार्यालयमा प्रवेश दिने व्यवस्था अबिलम्ब मिलाउन देशभरका कार्यालयलाई निर्देशन दिइएको छ ।



















