श्रम संस्कृति पार्टीका अध्यक्ष र गृहमन्त्रीबीच सौहर्दपूर्ण सम्बन्ध देखियाे

7

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र गृहमन्त्री सुधन गुरुङले नम्बर साटासाट गरेका छन्।

आज आइतबार भएको संसद् बैठकका क्रममा भेट भएका उनीहरूले नम्बर साटासाट गर्दै कुराकानी गरेका हुन्।

सो क्रममा हर्कले रास्वपाका सभापति रवि लामिछानेसँग पनि भेट गरेका थिए।

संसद्‍मा र सामाजिक सञ्जालमा प्रतिपक्षीको भुमिका निर्वाह गरेका हर्कको यो भेट रोचक थियो। यसअघि गृहमन्त्री गुरुङले हर्कलाई बेवास्ता गरेको भन्दै तस्बिर र खबरहरू पनि आइरहेका थिए। तर, आजको बैठकपछि भने यी दुईबीच सौहर्दपूर्ण सम्बन्ध देखिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here