सेवा प्रवाहदेखि विद्यार्थीसम्म असर
प्रशान्त डंगाेल
काठमाडौं, इन्धन संकटतार्न काेरिया र भारतले कर घटाएर मूल्य नियन्त्रण गरिएको छ भने पाकिस्तानले डिजेलमा ५० रुपैयाँ र पेट्रोलमा १०० रुपैयाँ सहुलियत दिइराखेकाे छ।
नेपालमा भने इन्धन संकट हताउन इन्धनको मुल्य वृद्धि गर्नुका साथै नेपाल सरकारले हप्तामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने निर्णय लागू गरेसँगै विभिन्न क्षेत्रमा यसको असर देखिन थालेको छ। विशेषज्ञहरूले यो नीतिले सकारात्मक पक्षसँगै विभिन्न क्षेत्रहरूमा चुनौती पनि सिर्जना गर्ने बताएका छन्। नेपाल सरकारले लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदा दिने नीतिले एकातिर कर्मचारीको कार्य–जीवन सन्तुलन सुधार्ने अपेक्षा गरिए पनि अर्कोतर्फ विभिन्न क्षेत्रमा यसको नकारात्मक प्रभाव देखिन थालेको छ। विशेषगरी सरकारी सेवा प्रवाह, स्वास्थ्य सेवा, विद्यार्थी वर्ग, अर्थतन्त्र , व्यापार क्षेत्र, श्रम तथा कार्यसंस्कृति,अन्तर्राष्ट्रिय समन्वय र कूटनीति, ग्रामीण तथा सेवा पहुँच क्षेत्र हरुमा यसको असरबारे विज्ञ पक्षहरुबाट चिन्ता व्यक्त गरिएको छ।
सरकारी कार्यालयहरू अब हप्तामा पाँच दिन मात्र सञ्चालन हुँदा सेवाग्राहीले आवश्यक काम सम्पन्न गर्न बढी समय कुर्नुपर्ने अवस्था सिर्जना भएको छ। नागरिकता, राहदानी, मालपोतजस्ता अत्यावश्यक सेवामा ढिलाइ बढेको गुनासो सेवाग्राहीहरूले गरेका छन्। साथै, कार्यदिन घट्दा बैंकिङ, उद्योग तथा व्यापार क्षेत्रमा समेत कारोबारको गति केही सुस्त हुने देखिएको छ।
अन्तर्राष्ट्रिय कारोबार र कूटनीतिक समन्वयमा समेत समय तालमेल मिलाउन चुनौती थपिएको सम्बन्धित क्षेत्रका जानकारहरू बताउँछन्। स्वास्थ्य क्षेत्रमा पनि यो नीतिको प्रभाव स्पष्ट देखिएको छ। दुई दिन बिदामा सरकारी अस्पतालहरूको बहिरंग सेवा (ओपीडी) आंशिक वा पूर्ण रूपमा बन्द हुँदा बिरामीहरू अन्य दिनमा अत्यधिक भीडभाडमा सेवा लिन बाध्य भएका छन्। यसले स्वास्थ्यकर्मीमाथि कार्यभार बढाउनुका साथै बिरामी सेवामा ढिलाइ हुने अवस्था सिर्जना गरेको छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा यसको प्रभाव अझ गम्भीर देखिएको छ।
यता, विद्यार्थी वर्गमा पनि दुई दिन बिदाको प्रभाव मिश्रित देखिएको छ। लामो बिदाले अध्ययनमा निरन्तरता कमजोर बन्ने तथा विद्यार्थीहरू पढाइबाट विचलित हुने सम्भावना बढेको शिक्षकहरू बताउँछन्। विद्यालयहरूले सीमित समयमै पाठ्यक्रम सक्नुपर्ने दबाबका कारण अतिरिक्त कक्षा सञ्चालन गर्दा विद्यार्थीमा मानसिक तनाव बढ्ने चिन्ता पनि व्यक्त गरिएको छ। साथै, खाली समयको सदुपयोग नहुँदा बालबालिकामा मोबाइल तथा डिजिटल उपकरणको प्रयोग बढ्ने जोखिम देखिएको छ।
१. सरकारी सेवा तथा प्रशासन दुई दिन बिदाका कारण सरकारी कार्यालयहरू अब पाँच दिन मात्र सञ्चालन हुने भएका छन्। यसले नागरिकता, राहदानी, मालपोतजस्ता सेवामा ढिलाइ सेवाग्राहीको भीड बढ्ने फाइल प्रक्रिया सुस्त हुने जस्ता समस्या देखिन थालेका छन्। विशेषज्ञहरूका अनुसार नेपालमा पहिलेदेखि नै सेवा प्रवाह कमजोर रहेको अवस्थामा कार्यदिन घट्दा समस्या अझ बढ्न सक्ने खतरा रहेको छ।
२. अर्थतन्त्र र व्यापार क्षेत्र यो नीति आर्थिक गतिविधिमा पनि प्रभाव पार्न सक्छ। बैंकिङ तथा वित्तीय कारोबारमा समय घट्ने उद्योग तथा उत्पादन क्षेत्रको कार्यसमय कम हुने अन्तर्राष्ट्रिय व्यापारमा समय तालमेल समस्या नेपालको अर्थतन्त्र आयातमा निर्भर भएकोले कार्यसमय घट्दा उत्पादन र वितरण चक्र प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ।
३. स्वास्थ्य क्षेत्र स्वास्थ्य सेवा सबैभन्दा संवेदनशील क्षेत्र मानिन्छ। सरकारी अस्पतालको ओपीडी सेवा सीमित हुने बिरामीको भीड अन्य दिनमा अत्यधिक बढ्ने अपरेशन तथा नियमित उपचारमा ढिलाइ विशेषगरी ग्रामीण क्षेत्रमा स्वास्थ्य पहुँच पहिले नै कमजोर भएकाले दुई दिन बिदाले थप असर पार्न सक्ने देखिन्छ।
४. शिक्षा क्षेत्र (विद्यालय तथा कलेज) सरकारले यो निर्णय शैक्षिक संस्थामा पनि लागू गरेको छ। यसका कारण— पढाइमा निरन्तरता घट्ने सीमित दिनमा पाठ्यक्रम सक्न दबाब अतिरिक्त कक्षा र ट्युसन बढ्ने शिक्षकहरूका अनुसार लामो बिदाले विद्यार्थीको अध्ययन बानीमा असर पार्न सक्छ।
५. विद्यार्थी जीवनशैली र सामाजिक असर दुई दिनको खाली समयले मोबाइल, इन्टरनेट प्रयोग बढ्ने अनुशासनमा कमी आउने अभिभावक–विद्यार्थी समय तालमेल बिग्रने जस्ता समस्या निम्त्याउन सक्छ।
६. श्रम तथा कार्यसंस्कृतिश्रम तथा कार्यसंस्कृति प्रशासनविद्हरूका अनुसार व्यवस्थापन राम्रो नभए कर्मचारीको कामप्रति लापरवाही बढ्ने “कम काम–धेरै बिदा” प्रवृत्ति बढ्ने कार्यालय समय प्रभावकारी नहुने जस्ता जोखिम देखिन्छन्।
७. अन्तर्राष्ट्रिय समन्वय र कूटनीति नेपालको बिदा प्रणाली अन्य देशसँग नमिल्दा व्यापारिक कारोबार ढिलाइ दूतावास तथा अन्तर्राष्ट्रिय समन्वयमा समस्या पर्न सक्ने देखिएको छ।
८. ग्रामीण तथा सेवा पहुँच क्षेत्र ग्रामीण क्षेत्रमा सेवा केन्द्र कम खुल्ने सरकारी पहुँच घट्ने स्थानीय समस्याको समाधान ढिलो हुने जस्ता असर झन् गम्भीर हुन सक्छन्।
निष्कर्ष दुई दिन बिदा नीति इन्धन खपत घटाउने र कार्य–जीवन सन्तुलन सुधार्ने उद्देश्यले ल्याइएको भए पनि यसको प्रभाव बहुआयामिक रूपमा देखिएको छ।


















