काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका छन् ।
प्रतिनिधिसभाको नयाँ निर्वाचनपछि राष्ट्रपतिले आज पहिलो पटक संसदमा सम्बोधन गरेका हुन् । उनले जनअपेक्षा अनुसार काम गर्न नयाँ संसद र नयाँ सरकारलाई आग्रह गरे ।
यस्तो छ– राष्ट्रपतिले गरेको सम्बोधनको पूर्णपाठ
सम्माननीय सभामुखज्यू,
राष्ट्रिय सभाका सम्माननीय अध्यक्षज्यू,
प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यहरू,
भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।


















