काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल टर्की जाने भएका छन् ।
दाहालले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी अन्तर व्यवस्थापिका संघको सम्मेलनमा भाग लिन जान लागेको जानकारी गराएका छन् । टर्कीमा हुन लागेको सम्मेलनमा आफू जाँदै गरेको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

















