काठमाडौं । महोत्तरी, भंगहा नगरपालिका-६ मौवाचोकस्थित सडकमा अनटेष्ट लेखिएको सिटी सफारी अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा सिटी सफारीमा सवार सोही नगरपालिका-८ धर्मपुर घर भएका ५५ वर्षीया बेचनी सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । सिटी सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ताप्लेजुङ, सिरिजंघा गाउँपालिका-४ तेल्लोकस्थित सडकमा मे.१ त ७७६९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक फुङलिङ नगरपालिका-२ घर भएका २६ वर्षीय राजु रसाईलीको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
तनहुँ, बन्दिपुर गाउँपालिका-४ बिमलनगरस्थित सडकमा दमौलीबाट आँबुखैरेनीतर्फ जाँदै गरेको प्र.३-०१-००३ क ४८९८ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखा पालुङटार नगरपालिका-६ घर भएका ६१ वर्षीय खुद बहादुर थापाको बिहीबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















