काठमाडौं । काठमाडौं महानगरपालिका-११ बबरमहलस्थित सडकमा बा. १९ प ४५४१ नम्बरको मोटरसाइकल बुधबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौं नरदेवी बस्ने रामेछाप घर भएकी ३० वर्षीया सम्झना श्रेष्ठको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रामा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा र मोटरसाइकलमा सवार मध्ये १ जनाको टिचिङ हस्पिटलमा र १ जनाको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । उक्त मोटरसाइकल रोकी राखेको बा.९१ प २६७९ नम्बरको स्कुटरमा ठक्कर खाई अनियन्त्रित भई प्र.३-०२-००९ प ३९२८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएर दुर्घटना भएको थियो ।
मोरङ, बुढीगंगा गाउँपालिका-७ सिसवनीस्थित सडकमा प्र.१-०२-०४ ह०११६ नम्बरको सिटि सफारीको ठक्करबाट साइकलयात्री सोही गाउँपालिका-७ बस्ने ६९ वर्षीय बलराम विश्वासको बुधबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । सिटि सफारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा, विदेह नगरपालिका-६ एकराही टोलस्थित सडकमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ घर भएका ६० वर्षीय मौधरी मण्डल खत्वेको बिहीबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल तथा चालकको खोजी गरिरहेको छ ।


















