सुशासन समितिको बैठक स्थगित

16

काठ। प्रधानमन्त्री बालेन्द्र शाह नगएपछि प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ। बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको थियो।

समितिको कार्यक्षेत्र पर्ने मन्त्रालय (गृह र रक्षा)  मन्त्रालय सम्हालेका प्रधानमन्त्री आउन नसक्ने भएपछि बैठक स्थगन गरेको समितिका सचिव सहसचिव कान्छा दुलालले जानकारी गराए ।

बैठकमा समितिको कार्यक्षेत्र र आगामी कामकारबाहीका सम्बन्धमा छलफल गर्ने कार्यसूची थियो। समिति सचिवालयले सूचना निकालेर विशेष कारणवश बैठक स्थगित गरिएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here