सवारी दुर्घटनामा दुई जनाको मृत्यु

18

 

काठमाडौं । भक्तपुर, भक्तपुर नगरपालिका-५ आदर्शस्थित भक्तपुर फ्यूल सेन्टर नजिक सडकमा बा.४ ख ३१५६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री भारत दरभंगा धोहीघाट घर भएका ४३ वर्षीय विसूनदेव सहनीको आइतबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भक्तपुर अस्पताल दुधपाटीमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, पुनर्वास नगरपालिका-७ (च) गाउँस्थित न्यू जनता इँटा उद्योग भित्र से.१ त ८८७६ नम्बरको ट्याक्टरले भट्टामा पानी छर्किने क्रममा अनियन्त्रित भई कामदारहरू सुतिरहेको स्थानमा ठोक्किन गई दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा भारत उत्तर प्रदेश बहराइज घर भएका २७ वर्षीय अजय कुमार र ९ वर्षीय पवन कुमार रहेका छन् । आइतबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका अजय कुमारको सेती प्रादेशिक अस्पातालमा र पवन कुमारको नवजीवन अस्पतालमा सोमबार बिहान मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको नवजीवन अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here