बढ्याे सुन चाँदीकाे भाउ

24

काठमाडौं । शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला १ हजार ३ सय रुपैयाँ बढेको छ ।

यो मूल्य बढेसँगै नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९८ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ तोलामा १२५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको चाँदी आज ५ हजार २७५ रुपैयाँ पुगेको छ । यसअघि गत शुक्रबार चाँदीको भाउ प्रतितोला ४ हजार ९४५ रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here