शिक्षक सरुवामा कडाइ

9

काठमाडौं । सरकारले शिक्षक सरुवामा कडाइ गरेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीले देशभरका शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहहरूलाई परिपत्र गर्दै शिक्षक सरुवा केही सर्त पालना गर्न निर्देशन दिएको हो ।

अबदेखि शिक्षक सेवा आयोगमा स्थायी पदपूर्तिका लागि माग गरिएका पदहरूमा कुनै पनि प्रकारको सरुवा गर्न पाइने छैन ।परिपत्रमा भनिएको छ, ‘स्थायी पदपूर्तिको लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्नू ।’

यस्तै, केन्द्रले दरबन्दी कटौतीमा परी ‘खुद पुल’ मा रहेका दरबन्दीका शिक्षक पदमा पनि सरुवा नगर्न निर्देशन दिएको छ ।

कार्यसम्पादन मूल्याङ्कनका आधारमा बढुवाको प्रक्रियामा रहेका शिक्षकहरूका लागि पनि नयाँ नियम ल्याइएको छ । ७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि आवेदन दिएका सम्भाव्य उम्मेदवारहरूको हकमा बढुवाको अन्तिम नतिजा सार्वजनिक नभएसम्म सरुवाका लागि सहमति नदिन निर्देशन गरिएको छ ।

यो निर्णयसँगै अब शिक्षक सेवा आयोगको विज्ञापनमा परेका पदहरू र बढुवाको पर्खाइमा रहेका शिक्षकहरूको सरुवा प्रक्रिया तत्कालका लागि प्रभावित हुने भएको छ ।

teacher-saruwa-1781520007.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here