काठमाडौं । कपिलवस्तु नगरपालिका-४ बिरपुर बस्ने ९० वर्षीय राजाराम बानियाँ घर नजिकै रहेको पोखरीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
नुवाकोट, ककनी गाउँपालिका-६ पैतिसकिलोस्थित वरखोल्सा खोला नजिकै सोही गाउँपालिका-६ स्थित गाई फर्ममा काम गर्ने लिखु गाउँपालिका-३ ढाडेफेदी घर भएकी ४५ वर्षीया दुर्गा राई सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
मोरङ, विराटनगर महानगरपालिका-८ बगैँचा रिसोर्टमा काम गर्ने सुनसरी बर्जु गाउँपालिका-१ घर भएका २१ वर्षीय गजेन्द्र यादव सोही रिसोर्टको स्वीमिङ पुलमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















