नशाबाट निस्केर विचारको राजनीतिमा लाग्नुपर्नेमा जाेड

24

जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनतालाई सामाजिक सञ्जालको अफिम खुवाएर आफूहरुलाई चुनाव हराएको जनाएका छन्। बुधबार जनकपुरधाम स्थित प्रदेश कमिटिलाई प्रशिक्षण दिन पुगेका संयोजक प्रचण्डले बन्द सत्रमा बोल्दै अब नशाबाट निस्केर विचारको राजनीति गर्न जनतालाई सम्झाउन लाग्नुपर्ने जनाए।

उनले प्रशिक्षण कार्यक्रममा भने, ‘हाम्रो पूरा टिम नै मधेस प्रती संबेदनसिल छ र अहिले पनि हामी फेरि मधेसमा केन्द्रित हुन चाहन्छु।’

अर्बौ रुपैयाँ खर्छ गरेर ठुलो रणनीति गरेर भदौ २३ गते देशमा ठूलो दुर्घटना गराइएको भन्दै संयोजक प्रचण्डले भने, ‘हामीहरु सरकार बनाउने, मन्त्री लिनेमा मात्र लाग्यौँ तर तिनीहरुले ठूलो रणनीति बनाएको थाहा नै पाएनौ र यस्तो दुर्घटना भयो।’

प्रचण्डले अब सबै बामपन्थीहरु एक हुनै पर्ने भन्दै आन्दोलनको लागि तयार भएर बस्न आफ्ना कार्यकर्तालाई निर्देशन दिए।

संयोजक प्रचण्डले तथाकथित स्वतन्त्र पार्र्टी नयाँ भनाउने पार्टीलाई मधेसीले मसिहा मानेर आज यहाँ देश पुगेको जनाए । उनले भने, ‘प्रधानमन्त्री बालेनले नेपालले पनि भारतको जमिन मिचेको छ भनेको कुरा तपाईंहरुलाइ भनेको छ। पहाडी त पहाड मा बस्छ मधेसी बोर्डरमा बसेकाले तपाईं हरुलाई नै भनेको छ।’

संयोजक प्रचण्डले रास्वपाका सांसद अमरेश सिंह समेत चाँडै आउन लागेको आफ्ना कार्यकर्तालाई भने। उनले भने, ‘२३ जना कमरेडहरुलाई हामीले अहिले त्यहाँ पठाएको छौँ। कांग्रेसले पनि ३७ जनालाई पठाएको छ र तिनीहरु आउदैँ छ। अमरेशको नाम सुन्नु भएको छ, छिट्टै आउदै छ हिजो हामी सबै एकै साथ काठमाडौँबाट आएका थियौँ तपाईंहरुलाई थाहानै छ।’

संयोजक प्रचण्डले बोर्डरमा १०० रुपैया भन्दा बढीको समान ल्याउन नदिने निर्णयमा सबै भन्दा धेरै दुख आफूलाई नै लागेको भन्दै मध्य वर्गको माथिलो वर्गलाई पाल्ने यो सरकार रहेको टिप्पणी गरे। उनले यो पुँजीवादको सरकार रहेको भन्दै सबैभन्दा बढी पश्चाताप मधेसी जनतालाई लागेको दावी गरे।

प्रचण्डले अहिले जितेकाहरुलाई राजनीतिक रणनीति वारे जानकारी नभएको भन्दै सामाजिक संजालको सहयताले दुई तिहाइको सरकार बनाएकोमा जसरी आएको त्यसरी नै जान लागेको जनाए ।
यसअघि उद्घाटन शत्रमा संयोजक प्रचण्डले एकता समायोजन प्रकृया टुंगियाउँदै महाधिवेशनमा ५० प्रतिशतभन्दा बढिमा युवाहरुलाइ निर्वाचित गर्ने आफूहरुको योजना रहेको जनाएका थिए।

उनले बामपन्थी पक्षधर एमाले, काँग्रेस, जसपा, मधेसवादी पार्टीलाई एक गरी अहिलेको लाजमर्दो राजनीतिलाई निकास गर्न छलफल भइरहेको र सकारात्मक रुपमा अगाडि बढिरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here