करिब ३ हजार ३ सय ३२ किलो गाँजा बरामद

16

सप्तरी । तिलाठी कोईलाडी गाउँपालिका-५ बाट अवैध लागूऔषध गाँजा करिब ३ हजार ३ सय ३२ किलो ४ सय ६० ग्राम गए राति प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले हनुमाननगरबाट रामपुरमल्हनियातर्फ जाँदै गरेको बा.प्र.०१-०२५ च ०४३६ नम्बरको स्कारपियोबाट १९ वटा बोरा, प्र.१-०४-००१ च १५०७ नम्बरको पिकअपबाट ४८ बोरा र बा.प्र.०१-०२९ च ९५८६ नम्बरको पिकअपबाट ३३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो ।

प्रहरीले हाल फरार ३ वटै सवारी साधनका चालकहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here