सिड्नीमा आयोजित नेपाल फेस्टिभलमा अष्ट्रेलियाका प्रमकाे सम्बोधन

0

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले सिड्नीमा आयोजित नेपाल फेस्टिभललाई सम्बोधन गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्न पुगेका प्रधानमन्त्री अल्बानिज ढाकाटोपी सजिएका थिए ।

सो क्रममा उनले सिड्नीमा नेपाली समुदायसँग तिहार मनाउन पाउनु निकै खुसीको कुरा भएको बताए ।

‘विविधता हाम्रो शक्ति हो, र तपाईंहरू यसको एक अत्यन्त महत्त्वपूर्ण हिस्सा हो,’ प्रधानमन्त्री अल्बानिजले भनेका छन् ।

नेपाल फेस्टिभल मनाउन सिड्नीमा रहेका नेपालीहरूको उल्लेख्य सहभागीता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here