संकटमा कांग्रेस नेतृत्व

213

काठमाडौं/ नेपाली कांग्रेसका सभापति सेरबहादुर देउवा पार्टीभित्र नेतालाई व्यवस्थापन गर्न नसक्दा संकटमा परेका छन् ।
नेकपा माओवादी केन्द्रसाग सत्तामा साझेदार बनेको कांग्रेसले आफ्नो भागमा परेका १३ मन्त्रालयमा मन्त्री छान्न सकेको छैन । नेताहरू र उनीहरूबीच देखिएको गुटको कारणले देउवा एकपछि अर्को संकटमा पर्दै गएका छन् ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलले मन्त्रिमण्डलमा आफूलाई ४० प्रतिशत भाग चाहिने भनेपछि कांग्रेसले दुईजनाबाहेक मन्त्री छान्न सकेको छैन । पहिलो चरणमा देउवाले आफू निकटका बिमलेन्द्र निधि र रमेश लेखकलाई मात्र मन्त्री बनाए । यिनीहरू दुवै ओली सरकार ढाल्न र नयाा गठबन्धन बनाउन भूमिका खेल्ने प्रमुख पात्रहरू हुन् । पौडेलले अडान नछोडेपछि कांग्रेसमा भागवण्डाको राजनीति झन् बल्झिएको छ, उनीसागै नेता कृष्णप्रसाद सिटौलाले पनि मन्त्री बनाउन चाहेपछि सहमति हुन सकेको छैन । कांग्रेसको १३ औं महाधिवेशनमा सभापतिको निर्वाचन दोस्रोपटक हुादा अघोषित रूपमा सिटौलाले देउवालाई सघाएका थिए ।
देउवाले केन्द्रीय समितिलाई पूर्णता दिन पनि सकेका छैनन् । पार्टीको विधानमा निर्वाचन मत परिणाम आएको दुई महिनाभित्रमा पार्टीलार्इृ पूर्णता दिइसक्नुपर्ने भएपनि अनेकन समस्या देखाएर देउवा पन्छिरहेका छन् । केन्द्रमा पुग्न खोज्ने आकांक्षीहरूको संख्या बढेकाले पनि देउवाले एक्लै निर्णय गरेका छैनन् । कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को निर्वाचन सकिएपछिमात्र पार्टीको केन्द्रीय समिति र सरकारलाई पूर्णता दिने सोचमा देउवा छन् । अहिले नै सबै निर्णय गरिहाल्दा नेविसंघ अधिवेशनलाई प्रभाव पर्ने बुझेका देउवाले पदाधिकारी तथा केन्द्रीय सदस्य थप्ने र मन्त्री कसलाई पठाउने विषयमा औपचारिक र अनौपचारिक छलफल गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here