न्यूजिल्याण्डमा शक्तिशाली भूकम्प

157

न्युजिल्याण्ड÷ न्यूजिल्याण्डमा मध्यरातमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ विभागका अनुसार रातको समयमा क्राइस्टचर्चबाट झण्डै ९५ किलोमिटर आसपासको क्षेत्रलाई केन्द्र बनाएर गएको भूकम्प ७.४ रेक्टर स्केल थियो ।
भूकम्पको धक्का क्राइस्टचर्च र आसपासका क्षेत्रमा महसुस भएको सामाचारहरूमा उल्लेख छ । क्षतिको विवरण भने आएको छैन । घरहरू भत्किएको तस्वीरहरू भने सामाजिक सञ्जालहरूमा आएका छन् ।
भूकम्पका कारण सुनामी आउनसक्ने भन्दै सतर्क रहन सूचना जारी गरिएको छ ।
भूकम्पपछि त्यहाँको नागरिक सुरक्षा मन्त्रालयले सुनामी आउन सक्ने भन्दै दक्षिणी द्वीपको पूर्वी तटमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान भनेको छ ।
क्राइस्टचर्चमा सन् २०११ मा गएको शक्तिशाली भूकम्पबाट तग्रिँदै थियो । जनवरी २२ मा ६.३ रेक्टरको भूकम्प गएको थियो, जसमा परी १८० भन्दा बढीको मृत्यु भएको थियो भने ठूलो धनजनको क्षति भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here