
चीन अब यस्तो रकेट विकसित गरिरहेको छ । जसलाई विमानबाट अन्तरिक्षमा प्रक्षेपण गरीने छ । चाइना एकेडेमी अफ लन्च व्हीकल टेक्नोलोजीका रकेट विकास प्रमुख ली तोंग्यूले हावाबाट प्रक्षेपण गर्ने रकेटले निष्क्रीय भइसकेका उपग्रहहरुलाई छिटो बदल्न सक्नेछ ।
जसले पृथ्वीबाट परीक्षण गरिने रकेटभन्दा चाँडो पठाउन पनि सकिने उनीहरुको विश्वास रहेको छ । रकेट तयार हुंदै गएको जनाइएको छ । जसले १ सय किलो सम्मको लोडलाई उपग्रहसम्म अत्यत्नै चाँडो पठाउन सक्नेछ ।
चाइना डेलीले वाई–२० बाट रकेट परीक्षण गरिने उल्लेख गरेको छ । चीनमा नै विकास गरेको यो विमान ६६ टनसम्मको लोड लिएर उड्न सक्छ ।















