सजिलै ठगिँदै महिला

173

राज्यलक्ष्मी शाक्य

केही दिनअघि फेसबुकमार्फत चिनजान गरी विवाह गरेर नातेदारहरूलाई ठग्ने व्यक्ति पक्राउ परे । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको माङखा–७ स्थायी घर भइ भक्तपुरको च्याम्हासिंह बस्दै आएका ३३ वर्षीय तुलबहादुर तामाङ छन् । उनले संखुवासभाको माकल गाउापालिका–५ की एक युवतीलाई फेसबुकबाट साथी बनाए सम्पर्क बढाएर विवाह गरी आफन्तलाई यूएस आर्मीमा जागिर लगाइदिन्छु भन्दै २१ लाख रूपैयाा ठगी गरेका थिए । आइएमईमार्फत रकम पाएपछि उनी श्रीमति र आफन्तबाट सम्पर्कविहीन भएका थिए । उनीमाथि मुलुकी ऐनको ठगी महल बमोजिम अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखा, टेकुले जनाएको छ ।
० ० ०
एक युवतीलाई फेसबुकमा साथी बन्न आग्रह आउाछ । युवती पनि सहजै स्विकार्छिन् । युवकले आफू बेलायतमा बस्ने भन्दै युवतीसाग नानाभााती कुराकानी गर्छ । केही समयपछि युवकले बेलायतबाट गिफ्टस्वरूप महागो सामान पठाइदिएको खबर युवतीलाई दिन्छ । युवती गिफ्टको पखाईमा हुन्छिन् । यत्तिकैमा युवकले त्यो गिफ्ट भारत ट्रान्जिटमा अड्केको बताउाछ । र, केही रकम बैंकमार्फत फलानोलाई पठाए सामान सजिलै पास हुने भन्दै युवतीसाग पटकपटक गरी छ लाख असुल्न भ्याइसक्छ । पैसा पठाएको केही दिनपछि त्यो युवक फेसबुकबाट सम्पर्कविहीन हुन्छ । कहिल्यै भेट नभएको व्यक्तिलाई फेसबुकमै कुरा गरेको भरमा विश्वास गरेर त्यत्रो ठूलो रकम पठाइदिने युवती अन्तिममा निधारमा हात लाउादै सीआईबी पुग्छिन् ।
माथिका यी घटनाहरू पछिल्लो समय सार्वजनिक भएका हुन् । सञ्चारमाध्यममा अहिले ठगीका घटनाहरू बढेको समाचारहरू प्रकाशन प्रसारण भइरहेका छन् । यसरी ठगिनेहरूमा महिलाको संख्या झन् धेरै छ । ठगहरूले महिलालाई सजिलै विश्वासमा लिन सकिने भन्दै ठगीका विभिन्न उपायहरू लगाउादै आएका छन् भने महिलाहरू पनि सजिलै ठगिादै आएका छन् ।
पछिल्लो समय महिलाहरूलाई ठग्नका लागि आफू विदेशमा रहेको प्रलोभन देखाइरहेका छन् । अमेरिका, क्यानडा, बेलायतजस्ता देशमा आफू काम गरिरहेको वा आफ्नो आफन्त रहेको बताउादै उनीहरूले सोझासाझा युवतीहरूलाई फसाउादै आएका छन् । यसरी फस्नेहरूमा सहरिया युवतीहरू पनि धेरै रहेका छन् । सहरका युवतीहरू सामाजिक सञ्जालमा सक्रिय हुने र राम्रो प्रोफाइल पिक्चर तथा विदेशका गफले सजिलै ठगहरूको मोहजालमा फस्ने गरेका छन् । यस्ता घटनाहरूको संख्या बढ्न थालेको नेपाल प्रहरीले समेत जनाएको छ ।
विदेशमा श्रीमान् भएका महिलाहरू पनि ठगहरूको जालमा फस्दै आएका छन् । भाइबर, म्यासेन्जरलगायत सामाजिक सञ्चालमा तपाईंलाई करोडको चिठ्ठा परेको सन्देश आउने र त्यो पाउनका लागि यति लाख चाहियो भन्दा तुरुन्त आईएमई गरेर पठाउने घटनाहरू बढेपछि अहिले प्रहरीले नै यस्ता विषयमा विश्वास नगर्न आग्रह गरेको छ । साथै, यसरी कसैले अफर गरेमा तुरुन्त प्रहरीलाई जानकारी दिन पनि अनुरोध गरिएको छ ।
पछिल्लो समय महिला ठगीका घटनाहरू बढेसागै यस विषयमा अब महिलाहरू सचेत हुनुपर्ने अवस्था आएको छ । यस विषयमा सरकारले पनि जनचेतना बढाउन जरुरी छ । ठगीका विषयमा के सहर, के गाउा सबैतिरका महिलाहरू यस्तो घटनाको शिकार बन्दै आएका छन् । उनीहरूलाई लक्षित गरेर नै सरकारले आफ्नो कार्य अघि बढाउन जरुरी छ । अहिले सामाजिक सञ्चालकको सदुपयोग गर्न नजान्दा पनि यस्तो घटनामा बढोत्तरी भएको पाउन सकिन्छ । रोजगारी अभाव र थोरै अवधिमा धेरै लाभ लिन खोज्ने मानसिकताका कारण पनि ठगहरूको चिप्लो बोलीमा महिलाहरू सजिलै फस्दै आएका छन् । त्यसकारण सामाजिक सञ्जालबाट पनि महिला ठगी कसरी हुादै आएको छ, कसरी बच्न सकिन्छ भनेर जनचेतना बढाउन जरुरी छ ।
पछिल्लो समय देखिएको महिला ठगीका घटना भयावह छन् । एउटै व्यक्ति जो पहिला ठगीकै कारण जेलमा परेको थियो, उसले आफ्नो सजाय काटेर आएपछि पनि पुन: ठगी गर्न थालेको पाइएको छ । यसले हाम्रो कानुन कतै कमजोर भएको त होइन भन्ने पनि महसुस गराएको छ । लाखौं ठगी गरेको घटनामा पनि एकाध वर्ष सजाय पाउादा त्यो व्यक्ति पुन: ठगीमा संलग्न भएको पाइन्छ । यसतर्फ पनि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।
महिला ठगीको विषयमा निरन्तर समाचार प्रकाशन भइरहादा महिलाको हकहितमा काम गर्ने संस्थाहरूलाई यो ठूलो चुनौती पनि हो । आखिर कसरी यस्तो घटना बढिरहेको छ भन्नेमा खोजबिन गर्न महिला अधिकारकर्मी जागरुक हुने बेला आएको छ ।                                                                            [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here