हुकुमबहादुर सिंह
नेपालको माओवादी आन्दोलनको एउटा ठूलो संख्या ख्रुश्चेभी संशोधनवाद—शान्तिपूर्ण संक्रमणवादी धार, जसका विरुद्ध माओले महान् बहस चलाएको इतिहास छ, नेपालमा एमालेले त्यस धारको नेतृत्व गरिरहेको छ, त्यसमा विलयको प्रक्रियामा आफूलाई लगाएको छ । यद्यपि त्यहाा जाादा आफ्नो व्यक्तिगत हैसियत के हुने भन्नेमा माओवादी केन्द्रभित्र केही व्यक्तिहरूका अभिव्यक्तिमा भिन्नता आएका छन् । के निश्चित हो भने ती असन्तुष्टहरू अब रूपान्तरित भएर
पुनर्संगठित हुादै क्रान्तिका लागि पुनर्जीवन प्राप्त गर्ने दिशातर्फ अगाडि बढ्नेछन् भनेर सोच्नु गलत हुनेछ । अहिले माओवादी आन्दोलनभित्रको एउटा धार जसका नेतत्व क.किरणले गरिरहनु भएको छ, त्यसले समग्र माओवादी आन्दोलनलाई पुनर्संगठित गदै पुनर्जीवन प्राप्त गर्ने दिशातर्फ अगाडि बढाउने प्रयास गरिरहेको छ, सबैले आशाको नजरले हेरिरहेका छन् । पछिल्लो अवस्थामा आइपुग्दा यसले नेपालको बदलिएको परिस्थितिमा माओवादी आन्दोलनले लिएका विगतका एजेन्डाहरू, रणनीतिहरू, नयाा जनवादी व्यवस्था स्थापना गर्ने प्रमुख उद्देश्य प्राप्त गर्ने कार्यदिशाको विकास गरेको छ, यद्यपि यसको कार्यान्वयनको प्रक्रियाको तयारीमा छ ।
२०५२ साल फागुन १ गते जनयुद्ध सुरुआत गर्दा ‘प्रतिक्रियावादी राज्यसत्ताध्वंस गरौं, नयाा जनवादी व्यवस्थाको स्थापना गर्न जनयुद्धको बाटोमा अगाडि बढौं !’ भन्ने माओवादी नारामा लामबद्ध भएरै नेपाली जनताले एक दशकको यात्रापार गरेर फौजी र राजनीतिक ढंगले रणनीतिक प्रत्याक्रमणको चरणमा आइपुगेकै थियो । यो चरणमा आइसक्दा ‘राजा’लाई एक्ल्याउने क्रममा संवैधानिक राजतन्त्रका पहरेदार संसदवादी शक्तिहरूसाग १२ बुादे समझदारी हुनपुग्यो । १२ बुादे सझदारी, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान हुादै नयाा संविधान निर्माण गर्ने क्रममा, नयाा संविधानका अन्तर्वस्तुहरूबारे छलफल गर्ने क्रममा माओवादी पार्टीभित्र ठयाक्कै दुईगरी लाइनहरू देखापरेका थिए । एउटा पक्षले भन्यो– अब सशस्त्र जनयुद्ध घोषणा गर्दाको हाम्रो नारा र लक्ष्य/उद्देश्य छाड्नु हुादैन/छाड्न सकिादैन; संसद्देखि संसद्सम्म लाने लोकतान्त्रिक गणतन्त्रमा नै सीमित रहने कुरा मान्य हुादैन । अर्को पक्ष त्यसको ठयाक्कै विपरीत गयो । पार्टीका सारा सिद्धान्त, मान्यता, एजेन्डा छाड्नेहरू माकेमा एउटा ठूलै शक्तिका रूपमा पुनर्संगठित त भए तर उनीहरूले नयाा जनवादी व्यवस्थाको स्थापना गर्ने रणनीति त्यागिसकेपछि र एमालेसित विलय बन्ने भएपछि अब उनीहरूसित माओवादी आन्दोलनको विरासतमात्रै रहन गएको छ । माओवादी आन्दोलनको क्रान्तिकारी शक्तिहरूले देशमा नयाा जनवादी व्यवस्थाको स्थापना हुनुपर्छ, सबैखाले सामन्तवादी र प्रतिक्रियावादीहरूको राज्यसत्ताध्वंस गर्नुपर्छ भन्ने नारालाई निरन्तरता दिइरहेका छन् ।
अहिले जनयुद्ध सुरु गर्दाको नारालाई पूर्णरूपले छाडेर प्रचण्ड बाबुरामहरू प्रतिक्रियावादीहरूको जालमा फस्न पुगेका छन् । उनीहरू, विस्तारवादीहरूको चंगुलमा फस्न पुगेका छन् । उनीहरूले माक्र्सवादलाई त्यागेर नवसंशोधनवाद आगाल्न पुगेका छन् । दक्षिणपन्थी अवसरवादमा पतन हुादै गएका छन् । उनीहरूले न त जनयुद्धकालमा बलिदान गर्ने सहिदहरू, बेपत्ता योद्धाहरू, घाइते–अपाङ्ग योद्धाहरूका योगदानलाई संस्थागत गर्ने पक्षमालागे न त उहााहरूका परिवारजनको अभिभावकत्व नै पार्टीले लिने कुरामा लागे । न त सहिद, बेपत्ता, घाइते र तिनका परिवारजनबारे कुनै योजना बनाए, तीप्रति उनीहरूले पटक्कै सम्मानभाव राखेको देखिएन । उक्त पक्षका नेताहरू त व्यक्तिगत रूपमा आफ्नै लागि घर–जग्गा, सम्पत्ति, ठेक्कापट्टा, बैंकब्यालेन्स, पारिवारिक सुखसुविधा, खानपान, रहनसहनजस्ता विषयको चिन्तामा फस्यो र त्यहीअनुकूलका व्यवहारमा लाग्यो । जनताको भन्दा फरक ढंगले उच्च, कुलीन वर्गको जस्तो आचरण नेतृत्वतहमा देखियो । नेतृत्वले नै आफ्ना वरपरका र आफन्तहरूलाई मात्रै समेट्ने र प्रमुख जिम्मेवारी सुम्पिने प्रवृत्तिहरू मौलाउादै गएका छन् ।
माक्र्सवादले स्पष्ट बनाएको छ कि सम्पूर्ण उत्पीडित वर्ग, गरिब, किसान, मजदुरको पक्षमा लड्ने संसारमा एउटा दर्शन छ र त्यहीअनुरूपको राजनीति छ । त्यस्तै, अर्को हुनेखाने वर्गको पक्षमा सत्ता टिकाइरहने दर्शन र राजनीति छ । यिनै दुईबीचको लडाइा अहिले माओवादी आन्दोलनभित्र पनि मुखरित भएको छ । त्यसकारण कसैले कसैलाई आरोप–प्रत्यारोप लगाउनुभन्दा वस्तुगत ढंगले कहाा, के भएको हो भन्ने कसैले सप्रमाण देखाएर पुष्टि गर्छ भने त्यसलाई विश्वास गर्ने हो नत्र को जडसूत्रवादी, को संकीर्णतावादी, को अराजकतावादी भन्ने विषय त नीतिले नै देखाएको छ नि । माक्र्सवाद–लेनिनवाद–माओवादको प्रयोगका क्रममा नेपालको कम्युनिस्ट आन्दोलन रणनीतिक प्रत्याक्रमणको चरणमा पुगेको थियो, त्यसलाई धराशयी बनाउनेतिर प्रतिक्रियावादीहरू र दक्षिणपन्थीहरूसाग सााठगााठ गरेर कसका व्यवहारहरू उन्मूख भए ? प्रतिक्रियावादीहरूले, दक्षिणपन्थीहरूले, सामन्तहरूले, अवसरवादीहरूले क्रान्तिकारीहरूलाई भिराउने गरेको पुरानै बिल्ला माकेहरूले अहिले क्रान्तिकारीहरूलाई भिराउन थालेका छन्, यसले नै कसको वर्गीय पक्षधरता कतापट्टि हो भन्ने प्रमाणित गरिरहेको छ । [email protected]
(- जनधारणा साप्ताहिक)














