राष्ट्रियसभा सदस्यहरुको बैठकमा सीमा सुरक्षा सम्बन्धी प्रश्न उठाइयो

177
/fli6«o;efsf] a}7s /fli6«o;efsf] cfOtaf/sf] a}7sdf ;xefuL ;b:ox? . tl:a/ M /Tg >]i7, /f;;

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुइदिने प्रमणलाई लक्षित गरी राष्ट्रियसभा सदस्यहरुको बैठक बसेको छ । उक्त बैठकमा सुरक्षा संवेदनशीलता र सीमा सुरक्षाका बारेमा सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।

विहिबार बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै सदस्यहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि भन्दै नेपाल आएको ठुलो संख्याको भारतीय सुरक्षाकर्मीको आवश्यकता, सीमा सुरक्षा लगायतमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भोली हुन लागेको नेपालको भ्रमणका लागि सुरक्षा दिन भन्दै ठुलो संख्यामा सुरक्षाकर्मी नेपाल आएको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । के हामीले भारतीय प्रधानमन्त्री र उनी संगै आउने पाहुनाको सुरक्षाको प्रत्याभुति दिन सक्दैनौ ? भनी गृह र रक्षा मन्त्रालयको ध्यानाकर्षण गराएकाछ छन् ।

राष्ट्रियसभा सदस्य विनादेवी रानाले कालापानी र सुस्ता सिमा क्षेत्रको विषयमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग कुरा गर्न आग्रह गरेकी छिन् ।

भारतीय दुतावासलाई नेपालमा ५ करोड रुपैया सम्मको योजना संञ्चालनका लागि खर्च गर्न सक्ने अधिकार दिएको भन्दै उनले वर्तमान सरकारको राष्ट्रवाद यही हो ? भनि प्रश्न गरेकी थिईन् ।
राष्ट्रियसभा सदस्य उतोल तामाङले दुर्गमका जनताले बोलेको राज्यले नसुन्ने गरेको भन्दै गम्भीर ध्यानाकर्षण गराए । उनले मुगुको विकासमा ध्यान दिन पनि माग गरेका छन् ।

त्यस्तै तारादेवी भट्टले कंञ्चनपुर जिल्लाको पुर्नवास नगरपालिका ९ मा भारतीय सुरक्षाकर्मीले महत्वपुर्ण सम्पदालाई आफ्नो कब्जामा लिई स्थानीयलाई दुख दिने गरेको भन्दै भारतीय ज्यादती विरुद्ध तत्काल एक्सन लिन सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here