डा. केसी र सरकारबीच वार्ता सकारात्मक बाटोमा

179

काठमाडौँ, ९ साउन । अनशनरत चिकित्सक डा गोविन्द केसीका माग सम्बन्धमा सरकारी वार्ता टोली र डा केसीका प्रतिनिधिबीचको वार्ता सकारात्मक बनेको छ ।

दुवै पक्षबीच मंगलबार साँझ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केसीले उठाएका मागका सम्बन्धमा छलफल भई धेरै मागमा दुवै पक्षबीच समझदारी हुने क्रममा रहेको जनाइएको छ ।

बुधबार बिहान पुनः बैठक बसी बाँकी विषयमा समझदारी जुटाउने सहमति भएको सरकारी वार्ता टोली संयोजक खगराज बराल र केसीका तर्फबाट वार्ता टोली संयोजक डा अभिषेकराज सिंहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । अनशनरत डा. केसीका माग सम्बोधन गर्न मंगलबारबाट अनौपचारिक संवाद शुरु भएको थियो ।

सरकारका तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङले संवाद प्रक्रिया शुरु गरेका हुन् ।

उपनेता नेम्वाङले डा केसीको वार्ता टोली र सरकारी पक्षसँग मंगलबार विभिन्न चरणमा छलफल गरेका हुन्। उनले डा केसीका मागका विषयमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटासँग र माथेमा कार्यदलका संयोजक केदारभक्त माथेमासँग पनि छलफल गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here