दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान

117

काठमाडौँ, १७ साउन । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले आगामी दश महिनाभित्र भैरहवाबाट अन्तर्राष्ट्रिय उडान शुरु गरिने बताएका छन् ।

फोटो पत्रकार क्लबद्वारा बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजित तस्बीर प्रदर्शनीको उद्घाटन गर्दै उनले विमानस्थल निर्माणको करीब ६० प्रतिशत कार्य सम्पन्न भइसकेको र बाँकी काम चाँडो हुने जानकारी दिए ।

पर्यटन क्षेत्रको विकासमा फोटो पत्रकारिता क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनले भने,  “ मठमन्दिर, मस्जिद, सम्पदा, प्राकृतिक सुन्दरताको पहिचान गरेर फोटामार्फत विश्वमा प्रचारप्रसार गर्न सकिनेछ ।” भिजिट नेपाल–२०२० लाई सफल पार्न फोटो पत्रकारको भूमिका महत्वपूर्ण रहने उनको भनाई थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here