चलचित्र ‘शिरफूल’ को ट्रेलर र पोस्टर सार्वजनिक

466

म्युजिक भिडियो निर्देशनमा राम्रै सफलता हासिल गरेका कमल एक्चै मगरले निर्देशन गरेको चलचित्र ‘शिरफूल’ को आज एक कार्यक्रमका बिच ट्रेलर र पोस्टर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा काठमाडौंका युवा जमातको रहन सहनका साथमा आदिवासी जनजाति संस्कृतिको झलक पनि देख्न सकिन्छ । २ मिनेट ३५ सेकेन्ड लामो ट्रेलर चलचित्र निर्माण कम्पनी मगर क्रिएसनको अफिसियल यु-ट्युब च्यानल मार्फत अपलोड गरिएको छ ।

नाइस मिडिया नेटवोर्क र मगर क्रिएसन प्रा।लि।को प्रस्तुती रहेको चलचित्रकाठमाडौंको क्युज सिनेमामा आयोजित एक कार्यक्रममा कलाकार र मिडियाकर्मीको उपस्थितिमा ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा रुपा राना, राज थापा, देवराज आले, बिनिता थापा, सुनिल रोका, राजु युगिन, नमिता तामाङ, पुजा गदल, लिला गुरुङ, बिना थापा, निता पुन, नियोना गुरुङ, किरण मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

यस अघी नै चलचित्रको दुई गीत ुआज किनु र ुशिरफूलुटाइटल गीत सार्वजनिक गरिसकिएको छ । चलचित्रमा समाबेश गीतमा शब्द राजु थापा, डिपी खनाल र कृष्ण केसी रहेको छ भने संगीत हरी लम्साल र देब राज अले मगरको रहेको छ । चलचित्रका गीतमा आवाज भने आर्जन पाण्डे, मेलिना राई, हरी लम्साल, देब राज आले मगर र तारा श्रीशको रहेको छ ।चलचित्रमा कथा नायक पनि रहेका देवराज आले मगर को रहेको छ ।
चलचित्रलाई निरोज श्रेष्ठले खिचेका हुन् भने सम्पादन मिलन श्रेष्ठ गरेका हुन् ।

आशिर्वाद पुन मगर को लगानी रहेको ‘शिरफूल’ नेपालमा मंसिर २१ गतेलाई चलचित्रको प्रदर्शन मिति तय गरिएको छ भने विदेशका १६ वटा देशका मुख्य मुख्य सहरमा भने चलचित्रको प्रदर्शन हुने पक्का भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here