‘धूम ४’मा सलमान आउट शाहरुख इन

231

बलिउड/ फिल्म ‘धूम’ बलिउड क्षेत्रमा एकदमै चर्चित रहेको फिल्म हो । यो फिल्म को हरेक भाग पनि चर्चित हुने गरेको छ । यो फिल्मको हरेक भागमा चर्चित हिरोहरुले अभिनय गरेका छन् । चलचित्रको पहिलो भाग धूम मा अभिनेता जोन अब्राह्म थिए , धूम २ मा चर्चित अभिनेता ऋितिक रोशन थिए भने जति यो फिल्म को नयाँ भाग बन्दै गएको छ । त्यति नै यस चलचित्रको हरेक भागमा चर्चित हिरोहरुको आगमन भइरहेका छन् । धूम ३ मा अमिर खानको आगमनले यस फिल्मलाई अझ बढि चर्चित बनाएको थियो । हालै आएर यस फिल्मको चौथो भाग बन्ने विषयबारे मिडियामा चर्चाको विषय बनेको छ ।

चर्चाको विषय यसकारण पनि छ कि यस चलचित्रमा सलमान खान हुने भएका थिए तर पछि फेरि उनी बाहिरिए । यस फिल्मबाट सलमान बाहिरिए संगै यस फिल्ममा अर्का चर्चित बलिउड अभिनेता शाहरुख खान फाइनल भएका छन् । निर्माता आदित्य चोपडाले शाहरुखलाई फाइनल गरेको बलिउड मिडियाले उल्लेख गरेको छ । चलचित्रमा शाहरुख भिलेनको भूमिकामा देखिदैछन् ।

यसअघि शाहरुखले आदित्यको चलचित्र डर र बाजिगरका भिलेनको रूपमा खेलिसकेका छन् । चलचित्रलाई विजय कृष्णले निर्देशन गर्दछन् । चलचित्रमा भिलेनको भूमिकामा शाहरुख हुनेभएपछि नायक को हुनेछन् भन्ने विषयमा निर्माण पक्षले खुलाएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here