पत्रकार रवि पाण्डेमाथि भएको कुटपिटप्रति क्रान्तिकारी पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण

160

काठमाडौं / नेपाल पत्रकार महासंघ नवलपरासीका सदस्य पत्रकार रवि पाण्डेमाथि हिजो बुधबार दिउंसो बर्दघाट बजारमा भएको कुटपिट र गालीगलौजप्रति क्रान्तिकारी पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाचार लेखेकै विषयलाई लिएर यसरी भौतिक रुपमा गरिएको सांघातिक आक्रमणको क्रान्तिकारी पत्रकार महासंघ घोर भत्र्सना एवम् कडा शब्दमा निन्दा गर्दै प्रेस वक्त्व्य जारी गरेको छ ।

प्रेस वक्तव्यमा समाचारमा चित्त नबुझे उजुरी गर्ने निकायहरु हुँदा हुँदै भौतिक आक्रमणमा उत्रिएका ठेकेदारहरु भेषराज पुन र विष्णु पोखरेललाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न नेपाल सरकारको प्रहरी प्रशासनसँग जोडदार माग गरिएको छ । साथै, पत्रकार पाण्डेको भौतिक सुरक्षाको आवश्यक प्रबन्ध मिलाई पेशालाई विना अवरोध अगाडि बढाउने वातावरण निर्माण गर्न र समाचार लेखेकै कारण पत्रकारले यसरी असुरक्षित हुनुपर्ने स्थितिको अन्त्य गर्न पनि सरकारसित क्रान्तिकारी पत्रकार महासंघ जोडदार माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here