दाङ/ बौद्धिक अपांगताहरुकालागि आवास निर्माण सहयोगार्थ घोराहीमा असोज १ गतेदेखी ९ गतेसम्म सञ्चालन हुने महायज्ञमा विभिन्न कार्यक्रमहरु हुने भएका छन् ।
प्रेरणाका लागि अभियान नेपाल दाङले घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरे पानीमा निर्माण भईरहेको बौँद्धिक अपांगता भएका व्यक्तीहरुको आवासका लागि सहयोगार्थ सिद्धि विनायक सत्संग सेवा समिति नेपाल दाङको आयोजनामा हुने ‘श्रीराम कथा धनधान्याञ्चल नवाह ज्ञान महायज्ञ–२०७५’ मा विभिन्न कार्यक्रमहरु हुने आयेजक मूल समितिले जानकारी दिएका छ । जसमा तुलादान, भूमीदान, अन्नदान, धान्याञ्चल, नगद दान रहेका छन् ।
यस्तै विभिन्न कार्यक्रम एवं सेवाहरुकालागि रकम पनि निर्धारण गरिएको छ । कलशकालागि १ हजार १ सय ११ रुपैया, ब्राह्मण भोजन एक दिनकालागि ५ हजार ५ सय ५५ रुपैया, प्रसाद वितरण एक दिनकालागि ११ हजार १ सय ११ रुपैया, आरति सेवाकालागि १ दिनको २ हजार ५ सय ५ रुपैया रहेको आयोजक मूल समितिका सहसंयोजक सुशीला पौडेलले जानकारी दिनुभयो ।
विशेष पूजाकालागि एक दिनको २ हजार ५ सय ५ रुपैया, ब्राह्मणवरणी १ दिनको ५ हजार ५ सय ५ रुपैया, ब्रतबन्धकालागि २ हजार १ सय ११ रुपैया, लक्ष्यवर्तिका दीप प्रज्वलनकालागि ५ हजार ५ सय ५५ रुपैया, यज्ञ मण्डपमा पितृको फोटो स्थापनाकालागि २ हजार ५ सय ५ रुपैया रहेको पौडेलले जनाउनु भयो । ।
महायज्ञको हरेक दिन विहान साढे ७ बजेदेखप् हवन्, विहान साढे १० बजेदेखी कथा वाचन र वेलुका ६ बजेदेखी महात्म्य कार्यक्रम हुने पनि सहसंयोजक पौडेलले जानकारी दिनुभयो । यसका साथै अन्य पूजाकालागि पूजा अनुष्ठा उपसमितिसँग सम्पर्क गर्न आयोजकले सम्पूर्ण भक्तजनहरुमा अनुरोध गरेको छ ।
महायज्ञको मुख्य आकर्षणमा १ सय ८ किलोको लड्डु, १ हजार ८ सालिग्राम परिक्रमा, १ हजार ८ कन्या पूजा र एक करोड दीप प्रज्वलन रहेको महायज्ञका निर्देशक डा.भोलानाथ योगीले जानकारी दिनुभएको छ ।
यस्तै महायज्ञमा ११ हजार भन्दा धेरै दान गर्ने दाताहरुलाई ५४ दानाको रुद्राक्ष माला प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।
महायज्ञको कथावचकमा राष्ट्रिय ख्यातिप्राप्त विद्धान बाल ब्यास पण्डीत कोमल उपाध्याय रहनुहुने छ । १ सय ८ भागवत संकल्पकर्ता डिला पाण्डेको संकल्प अनुसार दाङमा महायज्ञ आयोजना गर्न लागिएको आयेजकले जानकार दिएको छ ।


















