प्रचडको भारत भ्रमण गर्ने कारण यस्तो रहेछ !

200

काठमाडौं/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीन भ्रमण गर्ने जानकारी दिएका छन् ।

सरकारको भूमिकाबारे सञ्चारकर्मीहरुले व्यक्त गरेका समीक्षात्मक विचारमाथि टिप्पणी गर्दै प्रचण्डले जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्नेमा जोड दिए ।

‘जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे हामी दुबै अध्यक्ष गम्भीर छौं ।’ अध्यक्षले भने, ‘हाम्रो बीचमा यो विषयमा गम्भीर छलफल शुरु भएको छ । आम जनताले सरकारबाट राखेको अपेक्षा पुरा गर्न सरकारको भूमिका र संचरनाका बारेमा के कसरी जाने भन्ने विषयमा गम्भीर ढंगले छलफल भइरहेको छ । हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुने छ ।’

पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाका बारेमा अध्यक्ष प्रचण्डले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने जनाए । देशमा विगतको संरचना नरहेको र नयाँ संघीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको परिवेशमा यसले पूर्ण कार्यान्वयनमा आउन समय लाग्ने उनले जिकिर गरे ।

अध्यक्ष प्रचण्डले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिल्यै पनि संघर्ष चर्किने जनाउँदै स्थानीय तहहरुमा केही समस्या देखिएपनि कैयन् सकारात्मक पक्ष समेत रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here