समृद्धिका समन्वय आवश्यकः प्रधानमन्त्री

113

काठमाडौँ, २७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि अन्तरमन्त्रालय समन्वय अत्यन्त जरुरी रहेको बताएका छन् ।

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाकक्षमा मंगलबार साँझ बसेको राष्ट्रिय विकास समस्या साधान समितिको ४३औँ बैठकमा उनले अन्तरमन्त्रालयबीच समन्वय गरेर ऊर्जा विकास र पूर्वाधार निर्माणलाई तीव्र बनाउन आवश्यक रहेको बताए ।

आयोजना निर्माणमा लापरवाही गर्ने र समयमा पूर्वाधार निर्माणको काम नसक्नेलाई कारवाहीको दायरामा ल्याउन निर्देशन दिँदै समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “अधिकतम प्रविधिको प्रयोग गरेर आयोजना तोकिएकै समयमा सम्पन्न गर्नेतर्फ सबै सचेत हुन आवश्यक छ ।” उनले भने, “मन्त्रालय र विभागले पूँजीगत खर्च बढाउनेतर्फ जिम्मेवारीका साथ काम गर्नुप¥यो, मुलुकको प्राथमिकताको सूचीमा रहेको एउटै आयोजना ३० वर्षसम्म निर्माण सम्पन्न नहुने अवस्थाको अन्त्य हुनुपर्छ ।”

स्रोत विवरण र मानवस्रोत योजना बनाउन निर्देशन दिँदै उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीपलाई सदुपयोग गर्ने र लगानीका लागि प्रेरित गर्ने नीति तथा वातावरण बनाउनुपर्नेमा जोड दिए ।

आम नागरिकमा देखिएको खर्चालु प्रणाली, विधि र व्यवहार अन्त्य गर्नेतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्छ भन्दै प्रधानमन्त्री ओलीले मागेर होइन, कमाएर खाए मात्रै आत्मनिर्भर हुन सक्छौँ भन्ने आमजनतामा सन्देश पु¥याउन निर्देशनसमेत दिए ।

राष्ट्रिय योजना आयोगलाई समेत व्यापक सुदृढीकरण गर्नुपर्ने देखिएको भन्दै प्रधानमन्त्री ओलीले विकास र समृद्धिका लागि कृषि, पर्यटनलगायतका क्षेत्रको विकास एवं विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

सो अवसरमा राष्ट्रिय योजना आयोगका तर्फबाट मुलुकको विकास निर्माणमा देखिएका समस्या, समाधानको उपाय र आयोजना सम्पन्न गर्न लाग्ने समय तालिकासहितको दृष्टिकोण प्रस्तुत गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here