काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र ‘छक्का पन्जा ३’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरसँगै यसको प्रदर्शन मिति पनि तोकिएको छ । चलचित्र ‘जय भोले’ संग यो चलचित्र जुध्ने भनेर प्रचार गरिएको भएता पनि ‘जय भोले’ फूलपातिबाट रिलिज हुने भएपछि यो चलचित्र अब दशैको पहिलो दिन घटस्थापनाबाट रिलिज हुने भएको छ ।
दिपाश्री निरौलाले निर्देशन गरेको यो चलचित्रमा मुख्य कलाकारहरु दिपकराज गिरी, दीपिका प्रसाई, केदार घिमिरे, जितु नेपाल, वुद्दि तामाङ, किरण केसी, लक्ष्मी गिरी लगायतको कमेडीलाई ट्रेलरमा देखाइएको छ । चलचित्रको सार्वजनिक ट्रेलरमा कमेडी र बिषयवस्तुलाई देखाइएको छ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायांनकन, अर्जुन पोखरेल र दिपक शर्माको संगीत छ । चलचित्रको ट्रेलर अनुसार, यसले विद्यालयमा हुने गरेको राजनीतिलाई उठान गरेको छ । निर्माता तथा कलाकार दिपकराज गिरीले यसपटक आफूहरुले ट्रेलरमा बिषयवस्तुलाई खुलाएको जनाए ।
















