भक्तपुर / सूर्यविनायक नगरपालिका-८ जगातीबाट करिब १ लाख २४ हजार ७ सय ४० रुपैयाँ बराबरको ६६ प्याकेट रजनीगन्धा गुटका बिहीबार दिउसो प्रहरीले बरामद गरेको छ ।
सोही ठाउँस्थित खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ आइरहेको बा ४ ख ६९११ नम्बरको बस जाँच गर्ने क्रममा पछाडि डिक्कीमा उक्त गुटका फेला पारी बस र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।


















