पदमरत्न संसदमा रुँदा कमल थापाले भनेका थिए, रोएर प्रजातन्त्र पाइँदैन

206

२०४४ सालमा तत्कालीन नेकपा मालेका तर्फबाट राष्ट्रिय पञ्चायतको सदस्य भएर निर्वाचित भएका पदमरत्न तुलाधर उत्पिडनका विषय उठाउँदा संसदमै रोएका थिए ।

त्यो ०४४ को वर्षे अधिवेशनको कुरा थियो । त्यतिबेलाका पञ्च हालका राप्रपा अध्यक्ष कमल थापाले रोएर प्रजातन्त्र पाइदैन भनेर प्रतिवाद गरेका थिए । उनी बहुदलको माग गर्दा पनि रोएका थिए । तर पञ्चहरुले उनको रुवाइलाई उपेक्षा गरेको त्यतिबेला तुलाधरसँगै मालेका तर्फबाट सांसद बनेका सोमनाथ अधिकारी प्यासी बताउँछन् । उहाँ एकदम भावुक मान्छे हुनुहुन्थ्यो, अधिकारी भन्छन् । त्यतिबेलाको राष्ट्रिय पञ्चायतमा जनपक्षिय राष्ट्रिय पञ्चायतको सदस्य भएर निरंकुश राजतन्त्र र निर्दलीय पञ्चायतका विरुद्ध आवाज उठाउने तुलाधर सहित सोमनाथ अधिकारी लगायत पाँच जना सांसद थिए । तर हाउसमा बोल्दा उनले कहिल्यै पनि मालेको सदस्य हुँ भनेर भनेनन् ।

उनले स्वतन्त्र वामपन्थी हुँ भन्थे । राजा वीरेन्द्रसँग भेटघाट गर्दा राजा वीरेन्द्रसँग रात्रीभोजमा पदमरत्न लगायतले ०४४ मा राजासँग स्पष्टसँग बहुदल मागेका थिए । त्यही माग गरेबापत अधिकारी र जाग्रितप्रसाद भेटवाल १५÷१५ दिन निलम्बनमा परे, तुलाधरलाई पनि निलम्बन गर्ने कुरा थियो तर उनी निलम्बनमा परेनन् । उनै तुलाधरको सोमबार दिउसो मस्तिष्क घातको उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको छ । उनको आज अन्तिम संस्कारको तयारी रहेको आफन्तहरुले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here