काठमाडौं / चर्चित एसिया प्यासिफिक समिटको राजनीति झनै विवादित बन्दै गएको छ । कांग्रेस नेता गगन थापाले एमाले भित्रको विगतदेखिकै क्रिश्चियन प्रभावबारे भण्डाफोर गर्दै विवादित संस्था युनिर्भल पिस फेडेरेसन (युपिएफ)ले नेपालका बारेमा गलत प्रचार गरेको भन्दै कडा आपत्ति जनाएका छन्।
उनले सामाजिक सञ्जालमा चर्चामा रहेको विवादित एसिया प्यासिफिक समिट सम्बन्धि भिडियोले आफ्नो ध्यानाकर्षण गरेको
सामाजिक संजालमा लेखेका छन् ।
विवादित एसिया प्यासिफिक समिट सम्बन्धि उक्त भिडियो १३ बर्ष अगाडि नोबेम्बर २२, २००५ मा नेपालमा युनिभर्सल पिस फेडरेशन ९युपिएफ० उद्घाटन भ्रमण भएको र उक्त दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनिएकोले त्यसप्रति आफ्नो आपत्ति जनाउँदै लेखेका छन् –‘युनिभर्सल पिस फेडरेशन उद्घाटन टुर कहिले, कसले ग¥यो त्यो विषयमा हाम्रो कुनै चासो छैन, तर सोहि दिनलाई नेपालको संसदले राष्ट्रिय शान्ति दिवस घोषणा गरेको भनेर जुन भ्रम सिर्जना गर्न खोजिएको छ, त्यो आपत्तिजनक छ,।’
‘पहिलो कुरा त नेपालमा नोबेम्बर २२, २००५ अर्थात वि।सं २०६२ मंसिर ७ गते संसद नै थिएन । हुँदै नभएको संसदले घोषणा गर्ने कुरै रहेन । दोस्रो कुरा नेपालको संसदले पछि पनि कहिल्यै उक्त दिनलाई शान्ति दिवस भनेर घोषणा गरेको छैन । यो आफैमा झुटो, कपोलकल्पित र बदनियतपुर्ण छ ।’
उक्त भिडियो क्लिपमा नेपाल सरकार र युपिएफले संयुक्त रुपमा समिटको आयोजक गरेको मात्र भनिएको छैन युपिएफ–एसियाका अध्यक्ष एकनाथ ढकालले डिसेम्बर १ मा नेपाललमा भएको समिटमा आफैलाई ‘जिससकी एकमात्र छोरी ‘घोषणा गरेकी हक जा हन मुनलाई ’ सबैले जिससकी छोरीको रुपमा स्वीकार गरेको र नेपालमा इश्वरिय राज्य स्थापना गरिएको भनिएको छ । यो पनि नेपाल र नेपाली जनताको घोर अपमान भएको गगन उल्लेख गरेका छन् ।
नेपालको आफ्नो मौलिकता र संस्कृतिमा त हस्तक्षेप गरेकै छ, संविधानले बर्जित गरेको धर्मान्तर गर्ने काम समेत गरेको छ । यस किसिमको गैर कानूनी, गैर संवैधानिक काम गरिरहेको विवादित संस्था जसले अन्तर्राष्ट्रिय जगतमा नेपाल र नेपाली जनताको अपमान हुनेगरि नेपालको सम्मानित संसदको वदनाम गरेर भ्रम र अफवाह फैलाइरहेको छ ।
नेता थापाले सरोकारवालाहरुको ध्यानाकर्षण गराउँदै मुलुकको बदनाम गरेको, दुरुपयोग गरेको र अनेक गलत कामहरु गरेकाले युपिएफलाई अविलम्व नेपालमा प्रतिबन्ध लगाउन पनि माग गरेका छन् ।
उक्त भिडियोले नेपालका थुप्रै राजनीतिक र सरकारी ओहोदाका व्यक्तिको भुमिकामाथि प्रश्न उठाउँदै उनले विवादित संस्थाको कार्यक्रममा आफ्नो राजनीतिक र सरकारी ओहोदाको दुरुपयोग गरेर सहयोग गर्ने र संलग्न हुनेहरुलाई सरकारले संरक्षण गरेपनि जनताले हिसाव किताव गरेर ऐन मौकामा दण्डित गर्ने उल्लेख गरेका छन् ।


















