नरेन्द्रजंग पिटरका शब्दमा तुल्सी गिरी

429

नेपाली एउटा समकालीन इतिहास पुस्तकको अन्तिम पातो पल्टियो। पूर्व प्रधानमन्त्री तुल्सी गिरी आज बिते । उनी राजाभन्दा ठूला निष्ठावान राजतन्त्रवादी थिए।

शक्तिका खेल बुझेका गिरीले राजनीतिमा आफ्नै गड फादरलार्इ (बिपी र नेपाली कांगेस) धोका दिएर पनि शक्तिमा पुग्न सके भने पंचायतजननीका मुख्य थिंकट्ँयाकर रहे । निजि सचिव सुशील कोर्इरालाले पनि १७साल धोकाको भेउ पाउन सकेनन् ।

राजा महेन्द्रका दिमाग र भरपर्दो सहयोगी र कुनै समयका बिपीका प्रिय पात्र गिरी जनमत संग्रह गराउने ०३६ को राजा बिरेन्द्रको निर्णयपछि भने देश छोडे ।

राजा ज्ञानेन्द्रमा महेन्द्र स्वभाव देखिएपछि देश फिरे । तर ०६३ साल १७ साल थिएन । अन्तराष्ट्रिय शक्ति सन्तुलन सितयुद्धकाल थिएन । छिमेकी चीन र भारत सन ६२को जस्तो युद्धकालीन अवस्थामा पनि थिएनन्। सूचना संचार र चेतनाको अभूतपूर्व विकास भैसकेको थियो ।

 जनयुद्धले पुराना सत्ताका जड काटदै गएको थियो । संसदियशक्ति र माआोवादी सहकार्य र सहमति बढदै थियो । परंपरागत राजतन्त्रको ठाँउमा नया राजा ज्ञानेन्द्रको पृष्ठभूमि वयापारी थियो । गिरी यसै पनि बुढा भएका थिए, नयाँ चुनौतिलार्इ पुरानै तरिकाले सामना गर्न सकिदैनथ्यो ।

गिरीलार्इ आखिर त्यही भयो १७सालको सफलता ०६३ मा पुग्दा निरह बन्नु पर्यो, एउटा राजाभन्दा ठूलो राजतन्त्रवादीलार्इ । मृत्यु मानिसको पूर्ण समीक्षा हो,एउटाका नायक अर्कालार्इ खलनायक ठहरिन्छन, तर इतिहासमा खेलेका भूमिकाले ब्यक्तिको मूल्यांकन हुन्छ । नेपाली समकालीन इतिहासमा गिरी जे भए पनि एक उल्लेखनिय पात्र हुँन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here