‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ प्रदेश ३ बाट सुरु गर्ने

149

हेटौंडा /  प्रधानमन्त्री रोजगार कार्यक्रम प्रदेश ३ बाट सुरु हुने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले शनिबार हेटौंडामा स्थानीय निकायका प्रतिनिधि तथा प्रशासकीय अधिकृत र प्रदेश मन्त्रालय योजना महाशाखाका प्रतिनिधिसँग आयोजना गरेको अन्तरक्रियामा मन्त्रालयका सचिव महेश दाहालले प्रदेश ३ बाट यस कार्यक्रमको सुरुवात गर्ने र यसको तयारी आगडि बढिसकेको जनाए ।

गोष्ठीको उद्घाटन ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए। उनका अनुसार सरकारले यस कार्यक्रमका लागि तीनअर्ब दश करोड रुपियाँ बजेट चालु आर्थिक वर्षमा विनियोजन गरेको छ। ‘कार्यक्रमलाई लागू गर्नका लागि सरकारले रोजागारीको हकसम्बन्धी ऐन निर्माण गरिसकेको छ।

उनका अनुसार यस कार्यक्रम सुरु भएसँगै देशभरका ७५३ स्थानीय तहमा रोजगार सेवा केन्द्र स्थापना गरिने छ। रोजगार सेवा केन्द्रमा एकजना कर्मचारी सरकारले करारमा भर्ना गर्ने प्रक्रिया समेत अगाडि बढाइसकेको छ। ‘केन्द्रले बेरोजगारको तथ्यांक संकलन गर्नेछ। तथ्यांकमा आधारित रहेर हामी काम गर्नेछौं’, उनले बेरोजगारलाई सरकारले आवश्यक सीप र तालिम दिएर रोजागरीका लागि विभिन्न क्षेत्रसँग समन्वय गरेर रोजगारीको अवसर सिर्जना गर्ने जनाए ।

अब रोजगारी प्रत्याभूति विधेयक ल्याउने तयारी भइरहेको छ।’ उनले पाँच वर्षभित्र कुनै पनि नेपाली बाध्यताबाहेक रोजगारीका लागि विदेश जान नपर्ने गरी काम गर्ने तयारी भइरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here