ओली-प्रचण्ड राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै

268

काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक अहिले बसिरहेको छ । बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रम चलिरहेको छ ।

विहान ८ बजेदेखि शुरु भएको बैठकमा अध्यक्षको तर्फबाट जवाफ दिने क्रम चलिरहेको छ । बैठकपछि आजै नेकपाको संसदीय दलको बैठक बस्दैछ ।

यस अघिको स्थायी कमिटीको बैठकमा नेताहरुले सरकारको कामका बिषयमा असन्तुष्टि व्यक्त गरेका थिए । बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै प्रतिवेदनमा आवश्यक सुझाव समेटेर पारित हुने केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here