काभ्रे /काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. ६ ठूलोपर्सेलमा खुकरी प्रहारबाट तीन जना युवाहरु सख्त घाईते भएका छन् ।
मंगलबार साँझ करिब ५ बजे स्थानीय रकम तामाङ र उनका दुई छोराले अन्धाधुन्दा खुकुरी र रड प्रहार गर्दा युवाहरु घाईते भएका थिए ।
घाइते हुनेहरुमा सोही वडाका पाल्साङ तामाङ, बिकास तामाङ र अनिल तामाङ रहेका छन् । ठूलोपर्सेलको बसपार्कमा खाजा खाइरहेको बेला रकम उनका छोराहरु फिन्जु तामाङ र पाल्देन तामाङले उनीहरु माथि खुकुरी र रडले आक्रमण गरेको प्रत्यक्षदर्शीहरुको भनाइ रहेको छ ।
स्थानीय पञ्चकन्य माविमा अध्ययनरत रकमको छोरा र अरु विद्यार्थीहरु बीचमा भएको झगडाको विषयमा पिडित युवाहरुले उनको कान्छो छोरासँग कुरा गर्ने क्रममा उनका बुबा र दाईले हतियार सहित आक्रमण गरेको जानकारी प्राप्त भएको छ ।
खुकुरी प्रहार गर्ने रकमलाई हिजो नै प्रहरीले पक्राउ गरेको छ ।

















