कन्चन्पुर / विप्लव नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महाकालि ब्यूरोले ‘महिलाहरुमाथि हुने सम्पूर्ण हिंसा र उत्पीडनविरुद्ध संघर्ष, वैज्ञानिक समाजवाको बाटोमा अघि बढौं’ भन्ने नाराका साथ चार महिने अभियानको उद्घाटन शुक्रबार कञ्चनपुरबाट सुरु गरेकाे छ ।
अभियान महाकालिका चारैजिल्लामा पुग्ने अखिल नेपाल महिला संघ (क्रान्तिकारी) महाकालि ब्यूरो संयोजक ममता सुर्खेतीले जानकारी दिइन् ।
संयोजक सुर्खेतिका अनुसार पहिलो चरणमा एक महिना अभियानसम्म कञ्चनपुरमा चल्ने जनाइएको छ । अभियानको क्रममा महिलामाथि भइरहेका घरेलु हिंसाको साथै उत्पीडनविरुद्धमा जागरण ल्याउने जनाइएको छ
सो क्रममा निर्मला पन्तको हत्याको छानविन गर्न र न्यायको लागि एउटा समिति बनाउने निर्णय भएको छ । अभियानको क्रममा संगठन सुदृढ तथा विस्तार गर्ने आयोजकले जनाएको छ ।

















