रोनाल्डोको गोलले जित्यो युभेन्टस

86

आफ्नै घरेलु मैदानमा आइतबार राति भएको खेलमा युभेन्टसले सासुओलोलाई ३–० गोलअन्तरले पराजित गर्न सफल भएको हो । जितका लागि स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो, सामी खेडिरा र इमरे केनले समान १–१ गोल गरका थिए । खेलको २३औं मिनेटमा नै खेडिराले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा युभेन्टसले एक गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा भने युभेन्टसले थप दुई गोल गर्न सफल भयो ।

खेलको ७०औं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई दुई गोलको अगाडी रहेको थियो भने ८६औं मिनेटमा केनले गोल गर्दै युभेन्टसलाई ३–० गोलको जित दिलाए । जितसँगै लिग लिडर युभेन्टसको २३ खेलबाट ६३ अंक भएको छ । पराजित सासुओलोको भने २३ खेलबाट ३० अंक रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here