एकता प्रक्रिया टुंग्याउने तयारीमा नेकपा सचिवालयको बैठक

102

काठमाडौं / सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को  सचिवालयस्तरमा सहमतिको प्रयासका लागि नेकपा सचिवालयको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठक तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा एकता प्रक्रिया टुग्याउने सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाउन नसकेपछि बैठक बस्ने तयारी गरेको थियो ।

एकताका लागि गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा कार्यदल गठन भए पनि अझैसम्म एकताले पूर्णता पाएको छैन । कार्यदल विभाजित भएपछि नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले आफै प्रस्ताव तयार गरी एकता टुंग्याउने तयारी गरेका छन् । आइतबार अध्यक्षद्वयले सचिवालय बैठक तयारीका लागि कार्यदलका संयोजक थापा र पार्टी महासचिव बिष्णु पौडेलसँग भेटेर छलफल समेत गरेका थिए ।

थापा संयोजकत्वको कार्यदलमा ऊर्जामन्त्री समेत रहेका वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य थिए । खासगरी नेताहरुलाई दोहोरो जिम्मेवारी दिने कि नदिने भन्नेमा विवाद छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here