काठमाडौं / राष्ट्रिय परीक्षा बोर्डले यही चैत १० बाट हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको सबै तयारी पूरा भएको जनाएको छ ।
यस वर्षदेखि एसईई परीक्षा प्रदेश सरकारको व्यवस्थापनमा हुँदै छ । परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केन्द्रबाट प्रश्नपत्र तयार गरी सातै प्रदेशका सबै परीक्षा केन्द्रमा पुर्याइसकेको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्ष मुलुकभरबाट ४ लाख ७४ हजार परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । त्यस निम्ति १ हजार ९ सय ६९ परीक्षा केन्द्र तोकिएको छ ।
परीक्षा सञ्चालनका निम्ति प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र शिक्षा विकास तथा समन्वय इकाई (तत्कालीन जिल्ला शिक्षा कार्यालय) ले परीक्षा समन्वय समिति गठन गरी केन्द्राध्यक्ष नियुक्ति गरेका छन् । परीक्षालाई मर्यादित रूपमा सञ्चालन गर्न प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायलगायत सरोकार पक्षसित संयुक्त बैठक बोलाएर तयारी गरिएको छ ।
प्रदेश सरकारले उत्तरपुस्तिका छपाइ, परीक्षासम्बन्धी कार्यमा आवश्यकमानवस्रोत तथा साधन व्यवस्था गर्नेछ । परीक्षा सञ्चालन जिम्मेवारी बोर्डलाईछ । उत्तरपुस्तिका संकलन तथा परीक्षणर नतिजा प्रकाशन राष्ट्रिय परीक्षा बोर्डले गर्नेछ ।

















