घरेलु टोली मनाङ मर्स्याङ्दी क्लब एएफसी कप अन्तर्गत समूह ‘ई’ को पहिलो खेलमा पराजित हुन बाध्य भयो । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा मनाङ बंगलादेशको ढाका अबहानीसँग १ ० गोलअन्तरले पराजित भएको हो । अबहानीको जितमा मासिह साइघानीले निर्णायक गोल गरेका थिए । खेलको २८औं मिनेटमा साइघानीले हेडर गोल गर्दै अबहानीलाई अग्रता दिलाएका थिए । उनले रुबेल मियाले दिएको क्रस पासमा गोल गर्न सफल भएका थिए ।
एक गोल खाएपछि मनाङले खेल आक्रमक खेलेको थियो । तर गोल गर्न सकेन । पहिलो हाफमा १(० गोलले पछि परेको मनाङले दोस्रो हाफमा गोल गर्ने केही अवसर खेर फालेपछि बराबरी बनाउनबाट चुकेको थियो । होम एन्ड अवेको आधारमा भएकोे छनोटको समूह ‘इ’ मा मनाङसँगै, बंगलादेशको ढाका अबहानी, भारतका दुई क्लब मिनर्वा पञ्जाब र चेन्नाईयीन रहेका छन् ।


















